Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बालकुमारी घटनामा पक्रिएका ७३ जनालाई छोदिदै

१५ आइतबार , पौष २०८०१० महिना अगाडि

बालकुमारी घटनामा पक्रिएका ७३ जनालाई छोदिदै

बालकुमारी घटनामा शुक्रवार प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारि गरिको छ । प्रदर्शनको क्रममा पक्राउ गरिएका उनिहरुलाई सामान्य सोधपुछपछि छाड्ने तयारी गरिएको हो ।

बालकुमारी घटनामा ७३ जनालाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा उत्पादनमुल क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भन्दै प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । उनका अनुसार अहिलेलाई सामान्य सोधपुछपछि छाड्ने निर्णय भएको हो ।

गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि प्रदर्शनकारीले ग्वार्को–बालकुमारी सडक अवरुद्ध गर्दै शुक्रबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीले  बल प्रयोग गर्दा शुक्रवार दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको थियो । जनस्तरबाट सरकारको चर्को आलोचना भएपछि पक्राउ परेका ७० जनालाई छाड्न लागिएको बताईएको छ ।