– धर्मरत्न श्रेष्ठ - पुस ५ गते राजधानीको पश्चिममा पर्ने ७ गाउालेको जात्रा अनुपम रुपमा सम्पन्न भएको छ। कीर्तिपुर, सतुंगल, मच्छेगाउ बोसेगाउ, लुहकोट, कीर्तिपुर, नैकापका रथहरु आआफ्ना गाउालेस्तरका संगठित बाजागाजासहित तीनथानास्थित विष्णुदेवी मन्दिरमा ल्याइन्छन् र आ–आफ्ना गुठीहरु जम्मा भएर यो जात्रा मनाउने गर्छन्। यो जात्राले यस भेगमा बसोबास गर्ने विभिन्न जातिवीच एकता र भाइचाराको भावनामा पनि अभिवृद्धि गरेको छ। भनिन्छ, विष्णुदेवीका छोरीहरु यो दिन माइत आउाछन् र आमालाई भेट्छन्। एउटी छोरी गहना हराएकाले खोज्ने प्रयास पनि गर्छिन्। विष्णुदेवीका आफ्नै किंबदन्तीहरु छन्, जसलाई यस भेगका गाउालेहरुले विश्वास गर्छन्, देवीको पूजा आराधना गर्छन्। यही अनुपम जात्रा हो: विष्णुदेवीको जात्रा अर्थात सात गाउालेको जात्रा। माता विष्णुदेवीलाई साक्षात देवीका रुपमा मान्ने प्रचलन रहेको छ। तपाई पनि विष्णुदेवीको दर्शन गर्ने कि?