Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

१८ वर्षभन्दा मुनिकालाई मदिरा बेच्न नपाईने

१५ आइतबार , पौष २०८०१० महिना अगाडि

१८ वर्षभन्दा मुनिकालाई मदिरा बेच्न नपाईने

इलामको सूर्योदय नगरपालिकाले १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम बनाएको छ । पालिकाको कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम बनाएको हो ।

नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने नियम लागू गर्दै १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम लागु गरेको पालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिएका छन् ।

दिउँसै मदिराले लठ्ठिएर होहल्ला गर्ने, सार्वजनिक स्थल वरपर मदिरा बेचबिखन गर्ने, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र जसको कारण बालबालिकामा मदिराको लत बढ्न थालेकाले पालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरेको बताईएको छ ।

इजाजत विना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको विजक अनिवार्य गर्दै पालिकाको कार्यविधिले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचबिखन गर्न निषेध गरेको छ । त्यस्तै मदिरा तथा सुर्तीजन्य बस्तुलाई नियमन गर्न आगामी नगर सभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा ऐन मस्यौदा समिति समेत गठन गरिएको छ ।

नगरपालिकाको १४औँ नगरसभा आउने माघ १० गते बस्ने र उक्त नगर सभाबाट ऐन पारित भएपछि मदिरा जन्य बस्तुको नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने तयारी रहेको छ ।