Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

१३ शुक्रबार , पौष २०८०१० महिना अगाडि

मन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर मन्त्रीको गाडीमा आगजनी गरिएको छ । इपिएस परीक्षाको लागि फारम भर्न नपाएकाहरूले प्रदर्शन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडी जलाइदिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि ललितपुरको बालकुमारी क्षेत्र अहिले तनावग्रस्त बनेको छ । उक्त क्षेत्रमा इपिएस परीक्षाको लागि फारम भर्न नपाएका प्रदर्शनकरी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शन गरिरहेका युवाहरूले बालकुमारीमा मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाएको बताईएको छ । उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडी जलाउदै झण्डै दुई घण्टादेखि सडक अवरुद्ध पारिरहेका छन् ।

इपीएस कोरियन भाषा परीक्षाअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरुले पुन: आवेदन दिन नपाएपछि आन्दोलन चर्काएका हुन् ।