Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्वविद्यालय सुधारका लागि सडक बहस सुरु

१३ शुक्रबार , पौष २०८०१० महिना अगाडि

विश्वविद्यालय सुधारका लागि सडक बहस सुरु

विद्यार्थीहरूले विश्वविद्यालय सुधारको माग गर्दै सडक बहस सुरु गरेका छन् । नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरूले विश्वविद्यालयको सुधारका माग गर्दै विश्वविद्यालय सडक बहस सुरु गरेका हुन् ।

विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राख्दै विश्वविद्यालय सडक बहसको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल ल क्याम्पसका ओमप्रकाश सुनारले  विश्वविद्यालयहरूमा पठनपाठन गर्ने हरेक गतिविधि निराशाजनक रहेको बताएका थिए ।

सुनारले पठनपाठनको स्थिति, शिक्षा प्रणाली, समयमै परीक्षा र नतिजा प्रकाशन, विद्यार्थीका आसाअनुरूपको अध्ययन नहुने समस्या लगायत विश्वविद्यालयहरू डिजिटलाइजेशन हुनुपर्ने,विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके विद्यार्थीहरू अझै धेरै विदेश जाने सम्भावना रहेको बताए । 

त्यसैगरी विश्वविद्यालयमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको समस्यालाई हटाइ गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस सुरु गरेको उनको भनाइ रहेको छ ।

विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेकोले विश्वविद्यालयहरूलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत विश्वविद्यालय हुनुपर्ने कार्यक्रममा सभागी बिद्यार्थीहरुको माग रहेको छ ।

उनीहरुले विश्वविद्यालय सुधारका लागि सबै विद्यार्थी एक भएर अघि बढ्न र दबाब सिर्जना गर्न जरुरी रहेको भन्दै विद्यार्थीको हक अधिकार र राजनीतिको नाममा विद्यार्थी राजनीतिक संगठनले सस्तो सम्झौता गर्न नहुने बताए ।