Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दुईदिन पानी र हिउँ पर्ने, सतर्कता अपनाउन आग्रह

१३ शुक्रबार , पौष २०८०२ बर्ष अगाडि

दुईदिन पानी र हिउँ पर्ने, सतर्कता अपनाउन आग्रह

शनिबार र आइतबार पानी र हिउँ पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा र हिमपातको सम्भावना देखिएको बताउदै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आग्रह गरेको हो ।  

अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्यतया मौसम सफा रहेको बताईएको छ । यतिबेला देशको तराई भू-भागमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ । त्यसौगरि राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।

महाशाखाका शनिबार र आइतबार वर्षा र हिमपातको सम्भावना देखिएको बताउदै चिसो बढ्दै गएकाले सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।