Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गभर्नर अधिकारीको पेसी आजलाई

१३ शुक्रबार , पौष २०८०३ बर्ष अगाडि

गभर्नर अधिकारीको पेसी आजलाई

सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिरुद्ध दायर भएको रिटको पेसी आजलाई तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिटको पेसी आजलाई तोकिएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले सर्वोच्च अदालतमा बिहिबार रिट दायर गरेका थिए  । गभर्नर अधिकारीलाई नेपाल सरकारले ०७६ चैत २४ मा नियुक्त गरेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएकोमा गभर्नर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको हुँदा उक्त पदको लागि योग्य नहुने भन्दै गभर्नर अधिकारीको नियुक्ति बदरको माग गरिएको छ । गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको रिटमा दाबी गरिएको छ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यताको विषयमा यसअघि पनि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृतले सर्वोच्चमा रिट हालेको तर उक्त रिट सर्वोच्चले खारेज गरेको थियो । अहिले दायर गरिएको रिटमा अयोग्य व्यक्तिलाई गरिएको नियुक्त बदर गर्न र सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।