Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार

१२ बिहिबार , पौष २०८०१० महिना अगाडि

सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार

आज सुनको मूल्य अहिलेसम्मकै उच्चा पुगेको छ । आज एकैदिन १३ सय रूपैयाँले बढेर प्रतितोला १ लाख २२ हजार पुगेको हो ।

सुनको मूल्य एकैदिन १३ सयले बढेर प्रतितोला १ लाख २२ हजार पुगेसँगै यो मूल्य हालसम्मको सबै भन्दा बढी हो । अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला १ लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला १ लाख २१ हजार ४ सय रूपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बढेको मूल्य अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रूपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय सुनको मूल्‍यमा निरन्तर उकालो लागिरहेको छ । मंसिर महिनाको १८ गते सबैभन्दा धेरै मूल्य तोलाको १ लाख २१ हजार ६ सय रूपैयाँ सम्म कारोबार भएको सुनको मूल्य अहिले १ लाख २२ हजार पुगेको हो ।