Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिमालयन एयरलाइन्सको काठमाडौँ-ल्हासा उडान सुरु

१२ बिहिबार , पौष २०८०१० महिना अगाडि

हिमालयन एयरलाइन्सको काठमाडौँ-ल्हासा उडान सुरु

हिमालयन एयरलाइन्सले काठमाडौँ-ल्हासा सिधा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले आजदेखि काठमाडौँबाट ल्हासा नियमित उडान सुरु गरेको हो ।

काठमाडौँ-ल्हासा उडानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन् । एयरलाइन्सले सुरु गरेको उदघाटन कार्यक्रमा बोल्दै मन्त्री किरातीले काठमाडौँ-ल्हासा सिधा उडानले चीन र नेपालको सम्बन्धमा टेवा पुग्ने बताए ।

सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । काठमाडौँ-ल्हासा उडान दोस्रो सेतुको रूपमा स्थापित भएको मन्त्री किरातीको भनाई छ ।

ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालयन एयरलाइन्स भएकाले उडानले चीन र नेपालको सम्बन्धमा थप बलियो बनाउने मन्त्री किरातीको भनाई छ । उनले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटकहरू घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने भन्दै मन्त्री किराँतीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौंबाट अन्य एअरलाइन्सहरुले चीनको छन्तु,ग्वाङ्चौ र खुनमिङमा उडान भर्दै आएका छन भने काठमाडौंबाट चीनका आठ स्थानमा सोझो उडान हुँदै आएको छ ।