Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पाँच निर्माण कम्पनि कालोसूचीमा

१२ बिहिबार , पौष २०८०१० महिना अगाडि

पाँच निर्माण कम्पनि कालोसूचीमा

पाँचवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । नियमानुसार समयममै काम नगर्ने पाँचवटा निर्माण कम्पनीलाई अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।  

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई दुईदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो । कालीसूचीमा पर्ने कम्पनिमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पी/एस.सी.एफ/ई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि रहेका छन् ।

उक्त निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक-पटक म्याद थप हुँदासमेत काम नगरेकाले कार्यालयले कालोसूचीमा राखेको बताएको छ । कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन सक्दैनन् ।