Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रिय अखण्डताबारे प्रधानसेनापतिको आह्वान

१२ बिहिबार , पौष २०८०३ बर्ष अगाडि

राष्ट्रिय अखण्डताबारे 
प्रधानसेनापतिको आह्वान

प्रधानसेनापति प्रभुराम शर्माले देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राखौँ भनेर युवाबर्गलाई आह्वान गर्नुभएको छ । राष्ट्रिय सेवा दलबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था ‘एनसिसी एल्मुनाइ एशोसिएसन नेपाल’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज ‘युवासँग प्रधानसेनापति’ कार्यक्रम प्रधानसेनापतिले यस्तो आह्वान गर्नुभएको हो 
प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक प्रभुराम शर्माले राष्ट्रिय सेवा दलले युवा वर्गलाई अनुशासित, नैतिकवान, इमान्दार र बफादार बनाउन, नेतृत्व क्षमता विकास, राष्ट्रियता एवं राष्ट्रिय एकताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरा पनि बताउनु भयो ।  ७७ वटै जिल्लामा राष्ट्रिय सेवा दल विस्तार भई प्रशिक्षण कार्यक्रम सञ्चालन  भइरहेको र हालसम्म ६८ हजार नौ सय ७२ जनाले तालिम लिइसकेका खुलासा पनि गर्नुभयो ।
प्रधानसेनापतिले समाजमा व्याप्त विकृति, बेथिति र पछौटेपनलाई निर्मूल गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा संस्थाको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रधानसेनापति शर्माले नेपाल सरकारका विभिन्न निकाय, स्थानीय तह, कानुन कार्यान्वयन गर्ने निकाय, सामाजिक सङ्घसंस्थासँगको सहकार्य एवं समन्वयमा संस्थाले थुप्रै सृजनशील काम गरिरहेको पनि जानकारी दिनुभएको छ ।
नेपालको संविधानले नेपाली सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न दिएको जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राहरुको पनि हो भनेर उत्साहित पार्नुभयो ।
एशोसिएसनका प्रमुख सल्लाहकार निगम हुमागाईंले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै नेपाली जनताको आस्था एवं भरोसाको केन्द्र नेपाली सेनाको छत्रछायामा प्रशिक्षित भई सेनाकै विभिन्न युनिटसँग हातेमालो गर्दै राष्ट्रसेवाको पथमा सक्रिय हुन पाएकामा गौरव अनुभव भएको बताउनु भयो ।