Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन मन्त्रालयको निर्देशन

११ बुधबार , पौष २०८०१० महिना अगाडि

ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन  निर्देशन दिएको छ । देशभरका सामुदायिक विद्यालयमा आज सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउन निर्देशन दिएको हो ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन गर्दै पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको बताईएको छ ।

शिक्षा मन्त्रालयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै पत्र पठाएको र सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको सुचनामा उल्लेख गरेको छ ।

आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । बालबालिकाहरूमा ज्येष्ठ नागरिक सम्बन्धि जानकारी गराउने उद्देश्यले अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो ।