Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एक सातामा हाजिर नभए २१ प्रहरीलाई सेवाबाट हटाइने

११ बुधबार , पौष २०८०२ बर्ष अगाडि

एक सातामा हाजिर नभए २१ प्रहरीलाई सेवाबाट हटाइने

आफूखुसी गैरहाजिर रहेका २१ प्रहरीलाई एक सातामा हाजिर नभए सेवाबाट हटाइने भएको छ । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २१ प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिदै उक्त कुरा बताएको हो ।  

प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका २१ प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । 

एकजना प्रहरी वरिष्ठ हवलदार, पाँचजना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र दुईजना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेकाले उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार सूचना अनुसार उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले एक सातभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले एकसात भित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावली अनुसार उनीहरूलाई सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।