Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घुम्ती शिविरबाट ४ सय ७० भन्दा बढी लाभान्वित

१० मंगलबार , पौष २०८०१० महिना अगाडि

घुम्ती शिविरबाट ४ सय ७० भन्दा बढी लाभान्वित

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजित एकीकृत घुम्ती शिविरबाट ४ सय ७० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । मझुवागढी नगरपालिका-११ खार्मीमा आयोजित एकदिने एकीकृत घुम्ती शिविरमा ४ सय ७७ जना स्थानीय लाभान्वित भएका हुन् ।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले संयुक्तरुपमा आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट स्थानीयले विभिन्न खाले सुबिधा प्राप्त गरेका थिए । जसमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिको थियो ।  

त्यसैगरी उक्त शिविरमा ४० जनालाई नागरिकताको सिफारि दिइएको थियो भने ४२ जनाको मिर्गौला परीक्षण र ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको बताईएको छ । साथै ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा २ सय ३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको थियो ।

खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएकाले भन्दै अब सबै वडामा शिविर सञ्चालन हुन बताईएको छ । नगरपालिकाले नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी पालिकाको १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने बताएको छ ।