Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी

१० मंगलबार , पौष २०८०३ बर्ष अगाडि

विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी

वैदेशिक रोजगारीका लागि सरकारले विभिन्न ८ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । सरकारले सन् २०२४ भित्र ८ देशसँग श्रम सम्झौता गर्ने गरि तयारी थालेको हो ।

अहिलेसम्म १२ देशसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौता गरि कुल २० मुलुकमा वैदेशिक रोजगारका लागि सरकारले तयारी थालेको हो ।

नेपालले सम्झौता गर्न लागेको देशहरुमा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्की रहेका छन् । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको र ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रक्रिया अघि बढ्ने बताईएको छ ।

युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौताका लागि सरकारले प्राथमिकता दिएको छ । हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको र अब थप ६ देशसँग पनि यही वर्ष सम्झौता गर्ने गरी कार्य भइरहेको मन्त्रालयले जानकारी दिएको छ । यसअघि कतार, युएई, कोरिया, बहराइन, जोर्डन, इजरायल, मलेसियालगायतका १२ देशसँग सरकारले श्रम सम्झौता गरिसकेको छ ।

पछिल्लो समय नेपालीको आकर्षण युरोपतिर देखिएपछी ती देशसँग श्रम सम्झौता नहुँदा व्यक्तिगत श्रम स्वीकृति लिएर महँगो शुल्क तिरेर जाने गरेको पाईएकाले श्रम सम्झौता गरेपछि ती देशमा संस्थागत रूपमा श्रमिक पठाउन बाटो खुल्ने मन्त्रालयले बताएको छ ।