Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धान्य पूर्णिमा र उधौली पर्व मनाईदै

१० मंगलबार , पौष २०८०१० महिना अगाडि

धान्य पूर्णिमा र उधौली पर्व मनाईदै

मार्गशीर्ष शुक्ल पूर्णिमालाई धान्य पूर्णिमा, योमरी पूर्णिमा र उधौली पर्वको रुपमा मनाईदै छ । विभिन्न समुदायले आ-आफ्नै रीतिरिवाज अनुसार यस पर्वलाई मनाउन लागिएको हो ।

आजको दिनलाई नेवार समुदायले थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा मनाउने गरेका छन् भने किरात समुदायले मुख्य चाडको रुपमा उधौली पर्व मनाउने गरेको पाईन्छ । किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन रहेको छ ।

त्यसैगरी लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिर पूर्णिमालाई मनाइन्छ । लिम्बूहरुले चासोक तङनाम, राईहरूले साकेला, याख्खाले चासुवा र सुनुवारले फोलष्याँदर मनाउने गरेको पाईन्छ ।  

किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिएर मनाए पनि समग्रमा यो पर्वलाई उधौलीका नामले चिनिन्छ । भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने गर्दछन ।

त्यसैगरी किराँत जातिले वैशाख पूर्णिमामा उभौली पूजा र आज उधौली पूजा गर्ने गर्दछन । किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने गरिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल ललितपुरको सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ ।

गुरुङ जातिले यस पर्वमा सिमेभूमेको पूजा गर्ने न्वागी खाने चलन छ । पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको ‘वर्तमन’ गर्ने गर्दछन । साथै धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाउने र नेमानमा पूजा गर्ने प्रचलन समेत रहेको छ ।