Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नागरिकलाई जवाफ देऊ

०९ सोमबार , पौष २०८०१० महिना अगाडि

नागरिकलाई जवाफ देऊ

काठमाडौं । सामान्य नागरिक प्रेमसागर पौडेलले प्रश्न गरेका छन्– राजनीतिक दलका नेता, कर्मचारी र अपराधीमा फरक छुट्याउन गाह्रो हुनथाल्यो । विदेशी ऋण ल्याउँदै आफू, आफ्ना सन्तती र आसेपासेलाई पोस्दैछौ, यो कस्तो राजनीतिको अपराधिकरण हो ?
प्रशासन र राजनीतिमा ईमानदार देशभक्त पाउन हम्मेहम्मे हुनथाल्यो । भ्रष्टाचार र राष्ट्रघात गर्न प्रतिस्पर्धा गरिरहेका श्वेत आतंककारीहरूबाट सुशासन, जनहित, सुरक्षा, समृद्धि र प्रगतिको अपेक्षा गर्नु भनेको मूर्खता हुनथाल्यो ।
थप एउटा प्रश्न–
द्रुतमार्गका विषयमा प्रधानसेनापतिलाई प्रश्न गर्ने सांसदीय समितिका सदस्यहरूले ४ वटा रूख काट्न ९ महिनासम्म पनि नदिने वनमन्त्री अथवा प्रधानमन्त्रीलाई किन प्रश्न गरेनन् ? किन मौन बसेका हुन् ?