Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डा.बाबुराम : हिसिला यमी

०६ सोमबार , पौष २०७२९ बर्ष अगाडि

प्रचण्डलाई फसाउने जाल
तातो अनैतिक पन्यूले डामेर प्रचण्डलाई भ्रष्टाचारमा फसाउन डा.बाबुरामले कम्मर कसेका छन्। बाबुरामले लडाकु शिविरमा अरवौं भ्रष्टाचार भएको थियोभन्दै आफ्नो नयाँ शक्तिमा पूर्वजनमुक्ति सेना र वाईसीएलको भेला गरेर जनयुद्धको भूत जगाउँदै शक्ति आर्जन गर्न तिनलाई नयाँशक्तिमा समेट्ने रणनीति अख्तियार गरेका छन्।
जनयुद्धकालीन भूमिकाप्रति बाबुरामले गर्व गरेका छन्। जबकि शान्ति प्रक्रियाको टुङ्गो लागिसकेको छैन, मारिएका र बेपत्ताहरुले न्याय पाइसकेका छैनन्, जारी भएको संविधान पनि कार्यान्वयन भइसकेको छैन। यो अवस्थामा जनयुद्धकालको भूमिको गर्व गरेर र तिनै लडाकुलाई साथमा लिएर नयाँ शक्ति बनाउन कि नयाँ युद्धको आधार तैयार गर्दैछन् बाबुराम? यी राम नै हुन् कि रामनामी युद्धपिपासु? धेरैले अनेक आशंका व्यक्त गरेका छन्।
भन्नलाई बाबुरामले निर्माण र समृद्धिको नायक बन्ने, स्वार्थी र धनाध्य एमाओवादी समूह माकुराको जालोजसरी फैलिएकोले त्यसलाई चिर्ने नयाँ शक्तिको निर्माण अभियान सुरु गरेको भनेका छन् तर उनको प्रचण्डप्रतिको आक्रोस देख्दा लाग्छ– यसको राप र तापले देशलाई पिर्नसक्छ। अर्को रणसंग्रामको आगो फुकिदैछ। उनीहरुको पार्टी झगडामा प्रचण्ड दोषी होलान्। पूर्वलडाकु १ हजार ३ सय ५२ मात्र समायोजन गरिएको सत्य हो। प्रचण्डले पार्टीका एजेन्डा पनि छाडे होलान्। लडाकुको शिविरमा अरवों भ्रष्टाचार भएको छ भने त्यसको छानबिन हुनैपर्छ। यो आरोप बाबुरामले लगाएकाले यसमा सत्यता हुनुपर्छ भन्ने विश्वास गर्न सकिन्छ। तर ३५ हजार लडाकुमध्ये १३५२ मात्र समायोजन भएकाले बाँकीलाई नयाँशक्तिमा समावेश गरेर प्रचण्डसँग लड्न खोजेको हो कि देशको नाममा बिध्वंशको रडाको मच्चाउन? हो, भट्टराईले भनेजस्तो कांग्रेस, एमाले र एमाओवादीको नेतृत्व तहमा मुलुकको आर्थिक विकास गर्ने भिजन चाहिं छैन। त्यसको लागि नयाँशक्ति निर्माण गर्न लागेको हो भने किन बन्दुकतिर लहसिन खोजेको?


मधेस भारतमा मिल्नसक्छ
 प्रधानमन्त्री पदमै रहेकै बेलामा डा.बाबुराम भट्टराईले आधा नेपाल उत्तरतिर र आधा दक्षिणतिर मिल्नसक्छ भनेर हाड नभएको जिब्रो लप्टन बनाएका थिए। पछि त्यसलाई सच्याउने काम गरियो। अहिले ठ्याक्कै त्यही बोलीमा बाबुराम पत्नी तथा नयाँशक्तिकी अभियन्ता बनेकी नेतृ हिसिला यमीले संघीयता विरोधीले अस्थिरता निम्त्याएको र मधेसका जिल्ला भारतमा बिलिन गराउने षडयन्त्र गरिरहेको बताएकी छिन्।
पुस ५ गते चितवनको कार्यक्रममा बोल्दै हिसिलाले यस्तो खतरा रहेको दावी गरेकी हुन्। गजबको कुरो उनले के गरिन् भने म चोखो छु। मैले भ्रष्टाचार गरेको भए मेरो नाम पनि अख्तियारको लिष्टमा आउँथ्यो भन्दा उपस्थित सबैले हाँसो उडाए। हिसिलाले नयाँशक्तिको सामाजिक दायित्व अभियानअन्तर्गत जापानमा संकलन गरेको राहत भरतपुर क्यान्सर अस्पतालमा वितरण गरेकी थिइन्। स्मरणीय के छ भने अहिलेसम्म आन्दोलनरत मधेसवादी मोर्चाका कुनै नेताले नेपाल टुक्य्राउने सवाल उठाएका छैनन्। र, मधेसलाई भारततिर मिलाउने भारतीय साजिस पनि देखिएको छैन। यसबारेमा राज्यले पनि केही बोलेको छैन।