Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अपाङ्गहरूमाथि अन्याय

०९ सोमबार , पौष २०८०१० महिना अगाडि

अपाङ्गहरूमाथि अन्याय

काठमाडौं । मानसिक रूपमा समेत अपाङ्ग भएका व्यक्तिहरूले आन्दोलन गरेको लामो समय भइसक्यो । उनीहरू भन्छन्– उनीहरूमाथि र संस्थामाथि भ्रष्टाचारीको दाइँदाइँ चलिरहेको छ । तर राष्ट्रिय अपाङ्ग महासंघ, मन्त्री र मन्त्रालय मौन छ । किन ?
नेपाल अपाङ् संघ, खगेन्द्र नवजीवन केन्द्र जोरपाटीका अवैधानिक अध्यक्ष साम्देलन लामा, पूर्व अध्यक्ष र कोशी प्रदेश समानुपातिक सांसद मोहन महर्जनले अपाङ् भएकाहरूसँग पचासौं लाख कमिशन खाएको प्रमाणसहित विभिन्न निकायमा न्यायका लागि गुहार लगाउँदा समेत सत्ताधारीले सुनेका छैनन् । पीडित अपाङहरूको आरोप छ– गोकर्णेश्वर नगरपालिका, काठमाडौं प्रहरी, मन्त्तालय, जिल्ला प्रशासन कार्यालयले समेत उनीहरूको निवेदनमा कुनै कारवाही चलाएका छैनन् ।
केन्द्रमा बस्ने अतिअशक्त, मानसिक बिरामीसमेतले आन्दोलन गर्नुपरेको छ । केन्द्रमा बसोबास गर्ने अपाङ्गहरूले राज्यले अपाङ्गता भएकालाई न्याय नदिने भएपछि उनीहरूले आफ्नो आवाज सुनाउन, न्याय माग्न आमरण अनसन वा आत्मदाह नै गर्नुपर्ने भयो त ? वर्षदिन पुगेको सरकार किन यता हेर्दैन ?