Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कैद भुक्तान सकिने दिनमै कैदीको मृत्यु

०९ सोमबार , पौष २०८०१० महिना अगाडि

कैद भुक्तान सकिने दिनमै कैदीको मृत्यु

लेनदेन ठगी मुद्दाको आरोपमा मोरङ कारागार विराटनगरमा कैद भुक्तान गरिरहेका एक कैदीको कैद भुक्तान सकिने दिनमै मृत्य भएको छ । कैदी विराटनगर– १० निवासी ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैदीको कोशी अस्पतालमा उपचारको क्रममा कैद भुक्तान सकिने दिनमै मृत्यु भएपछि आफन्त आक्रोशित बनेका छन् । पेट र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेका अनुसार उनको उपचार क्रममा मृत्यु भएको बताईएको छ ।

मृतक कैदीको कैद भुक्तान सोमबार नै सकिने र घर फर्कने दिन उनको मृत्यु हुनुलाई आफन्तले शंकास्पद मान्दै कोशी अस्पताल परिसरमा भेला भएर विरोध जनाएका छन् । 

उनलाई २०७९ माघ १७ गतेदेखि कारागारमा राखिएको थियो । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

उनी २०७९ माघ १७ गते पक्राउ परेर अदालतमा उपस्थित भएपछि कारागार चलान गरिएको थियो । मोरङ कारागारमा सोमबारसम्म पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी रहेको बताईएको छ ।