Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पुस १६ गतेदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द

०९ सोमबार , पौष २०८०१० महिना अगाडि

पुस १६ गतेदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द

यहि पुष १६ गतेदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि सिद्धार्थ राजमार्गको सडक दैनिक ६ घण्टा बन्द हुने भएको हो ।

सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई तथा स्लोप क्षेत्रको कार्य गर्दा बाटो सांघुरो भएका कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेदेखि १ सय दिन बन्द हुने पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिएका छन् ।

यातायात सञ्चालन गरी सुरुङ निमार्णको काम गर्दा जोखिम हुने भएकालेउक्त सडक खण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने बताईएको छ । तर, अत्यावश्यक सवारीसाधनलाई भने रोक नलगाइएको प्रशासनले जानकारी दिएको छ ।

उक्त सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको बताएको छ । 

साथै, राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्बन्धित निकाय, यातायात सेवा कम्पनी र राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने बताएको छ ।