Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अफलाइन राइड गर्ने ४८ जना पक्राउ

०९ सोमबार , पौष २०८०२ बर्ष अगाडि

अफलाइन राइड गर्ने ४८ जना पक्राउ

पठाओ र इनड्राइभ अन्तर्गत राइड शेयरिङ एपका नाममा अफलाइन यात्रा गराउने ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाको बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

राइड शेयरिङ एपका नाममा अनधिकृत रूपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरु पक्राउ परेको बताईएको छ । काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत रूपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

त्यसैगरी राइड शेयरिङ एप पठाओ र इनड्राइभबाट अफलाइनमा यात्रु आसार्ने ७५ वटा मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिइएको बताएको  छ । त्यसरी पक्राउ परेकाहरूलाई मातहतका विभिन्न वृत्त र प्रभागहरुमा राखिएको प्रहरीले जनाएको छ ।