Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

छात्रा बलात्कार आरोपमा प्रधानाध्यापकसहित शिक्षक पक्राउ

०९ सोमबार , पौष २०८०१० महिना अगाडि

छात्रा बलात्कार आरोपमा प्रधानाध्यापकसहित शिक्षक पक्राउ

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन् ।

उक्त विद्यालयमा अध्यनरत नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक र शिक्षक पक्राउ परेको बताईएको छ । पक्राउ परेका गणेशमान गुरूङ विद्यालयका प्रधानाध्यापक हुन् भने मच्छेनारायण विद्यालयको विज्ञान शिक्षक भएको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पीडित बालिकाको सामाजिक सञ्जालमार्फत आइतबार घटना बाहिरिएपछि जनप्रतिनिधिहरू विद्यालयका दुवै शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । शिक्षक श्रेष्ठले दसैँ तिहारको बिचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ ।

स्थानीय जनप्रतिनिधिका अनुसार विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक म्यासेज पठाउने गरेको बताएका छन् । डिएसपी श्रेष्ठका अनुसार पीडित पक्षले दुवै शिक्षकविरुद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढेको बताईएको छ ।