Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज क्रिसमस पर्वको सार्वजनिक बिदा

०९ सोमबार , पौष २०८०१० महिना अगाडि

आज क्रिसमस पर्वको सार्वजनिक बिदा

विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूको मुख्य पर्व ‘क्रिसमस डे’ आज नेपालका क्रिश्चियन धर्मालम्बीहरुले धुमधामका साथ मनाउदै छन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रिष्टको जन्मदिनको खुशियालीमा परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

क्रिश्चियन धर्मालम्बीहरुको मुख्य पर्व ‘क्रिसमस डे’ को अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । नेपाल लगायत विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने गर्दछन ।

जेरुसेलमको बेथलेहममा दुई हजार वर्षअघि कन्या मारियमको कोखबाट जन्म भएको येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । साथै उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास समेत गरिन्छ ।

नेपालमा सरकारका तर्फबाट क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना स्वरूप क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिने व्हालन समेत रेहोको छ ।

'क्रिसमस डे' का अवसरमा बिभिन्न स्थानमा विशेष रौनक सहित बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायएर सजाईएको छ ।