Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

माइती नेपालद्धार एक वर्षमा २६० को उद्धार

०८ आइतबार , पौष २०८०२ बर्ष अगाडि

माइती नेपालद्धार एक वर्षमा २६० को उद्धार

माइती नेपालले  एक वर्षको अवधिमा वीरगञ्ज नाकाबाट २ सय ६० जनाको उद्धार गरेको छ । नेपालले  एक वर्षको अवधिमा २ सय ५७ महिला र ३ जना बालकको उद्धार गरेको हो ।

माइती नेपालले वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा उक्त महिला र बालकलाई उद्धार गरेको बताईएको छ । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका रहेका छन् ।

त्यसैगरी माइती नेपाल संस्थाको संरक्षणमा रहेकामध्ये ३८ जना मधेस प्रदेशका, ५८ जना बागमती प्रदेशका, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र ७ जना सुदूरपश्चिम प्रदेशका छन् ।

वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् ।

माइती नेपालले वीरगञ्ज नाकामा निगरानी बढाएर काम गरिरहेको भएपनि पर्साको भिश्वा, भंगहालगायत नाकामा पनि निगरानी बढाउनु पर्नेमा स्थानीयबासीले माग गरेका छन् ।