Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

माध्यमिक तहका शिक्षक पदका लागि दरखास्त माग

०८ आइतबार , पौष २०८०१० महिना अगाडि

माध्यमिक तहका शिक्षक पदका लागि दरखास्त माग

सामुदायिक विद्यालयको माध्यमिक तहका लागि शिक्षक सेवा आयोगले तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त माग गरेको छ । एक सूचना प्रकाशित गर्दै आयोगले माध्यमिक तह, तृतीय श्रेणीमा शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको जनाइएको जनाईएको छ । जसमा नेपाली विषयमा ६७, अंग्रेजीमा ७९, गणितमा ८५, विज्ञानमा १२४, सामाजिकमा ५३, अर्थशास्त्रमा ७, कार्यालय सञ्चालन तथा लेखामा १५, संस्कृत व्याकरणमा र कम्प्युटर विज्ञानमा ३-३ गरी ४३६ जना शिक्षक मागिएको छ ।

आइतबार निकालेको सूचनाअनुसार न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने बताएको छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्ने बताउदै दोब्बर दस्तुर तिरेर माघ १५ गतेसम्म फारम बुझाउन सकिने उल्लेख गरेको छ ।

आयोगले नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवेदन फाराम भर्नेले सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम पूरा गरेको हुनुपर्ने बताएको छ । त्यस्तै अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञान विषयको हकमा तालिम नलिए पनि दरखास्त दिन सकिने सूचना मार्फत जानकारी गराईएको छ ।