Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शिक्षा विधेयकमाथि छलफल गर्न बैठक बस्दै

०८ आइतबार , पौष २०८०१० महिना अगाडि

शिक्षा विधेयकमाथि छलफल गर्न बैठक बस्दै

विद्यालय शिक्षा सम्बन्धीको विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बैठक बस्न लागेको हो ।

विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल गर्नको लागि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । यता राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहान साढे ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।​

त्यसैगरि बिहान ११ बजे नै प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तुतकर्ता सदस्यहरूसँग छलफल गर्न बैठक बस्ने बताईएको छ ।

बैठकमा स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल गर्ने तय भएको छ ।