Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उच्च अदालत र इजलाहरूसमा स्वचालित पेशी प्रणाली सुरु

०८ आइतबार , पौष २०८०१० महिना अगाडि

उच्च अदालत र इजलाहरूसमा स्वचालित पेशी प्रणाली सुरु

उच्च अदालत र इजलासहरूमा आजदेखि स्वचालित पेशी प्रणाली सुरु लागु हुने भएकाे छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सबै उच्च अदालत र इजलासहरूमा स्वचालित पेशी प्रणालीकाे शुभारम्भ गर्दै सुरू गर्न लागेका हुन् ।

आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणालीकाे सुरू गर्ने तयारी अनुसार बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ । उक्त प्रणालीकाे शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्नेछन् ।

यसअघि गोला प्रथाबाट पेशी तोकिने व्यवस्था रहेकाे थियाे । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएका थिए ।

गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश श्रेष्ठले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने बताउदै स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गरेका थिए । 

उक्त प्रणालीबाट सकारात्मक नतिजा देखिएको भन्दै प्रधानन्यायाधीश श्रेष्ठले सबै उच्च अदालतहरुमा स्वचालित पेशी प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।