Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

तमिलानाडुमा बाढी,उद्धारका लागि आग्रह

०५ बिहिबार , पौष २०८०२ बर्ष अगाडि

तमिलानाडुमा बाढी,उद्धारका लागि आग्रह

विगत दुई दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढीले तामिलनाडुमा सयौँ मानिसहरू फसेपछि उद्धारको लागि आग्रह गरिएको छ । भारतको दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न आग्रह गरिएको गरेको हो ।

बाढीमा सयौँ मानिसहरू फसेको भन्दै मुख्यमन्त्री स्टालिनले संघीय सरकारसँग उद्धारका लागि हेलिकप्टर सहयोग गर्न आग्रह गरेका छन् । विगत दुई दिन यता परेको अविरल वर्षाले तमिलनाडुका धेरै दक्षिणी जिल्लाहरूमा ठूलो क्षति भएको बताईएको छ ।

वर्षाका कारण बस्तीहरू र सडकमा गम्भीर क्षति पुगेको छ भने बाढीका कारण ४० लाखभन्दा बढी मानिस मारमा परेका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार वर्षा र बाढीका कारण कम्तीमा ५ जनाको मृत्यु जनाईएको छ ।

दुई दिनदेखिको अविरल वर्षाको कारण धेरै रेलहरू पूर्ण वा आंशिकरुपमा रद्ध भएको बताईएको छ ।