Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दुबईमा ३० करोड लगानीमा नेपाली रेष्टुरेन्ट र क्लब संचालनमा

०५ बिहिबार , पौष २०८०१० महिना अगाडि

दुबईमा ३० करोड लगानीमा नेपाली रेष्टुरेन्ट र क्लब संचालनमा

युएईकाे व्यस्त शहर दुबइमा नेपालीकाे लगानीमा नेपाली रेष्टुरेन्ट र क्लब संचालन भएकाे छ । झण्डै ३० करोड रुपैयाँकाे लगानीमा शुरू गरिएकाे रेष्टुरेन्ट र क्लब हालै मात्र संचालनमा भएकाे हाे ।

नेपालीहरूकाे वैदेशिक रोजगारको प्रमुख गन्तव्य स्थल युएईमा काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन दुबइ स्थित बरदुबइको पुरानो एचएसबिसी बैंकको एम फ्लोरमा व्यवस्थित र सुविधाका साथ हालै संचालनमा आएको क्लबका महाप्रबन्धक जेम्स गुरुङले जानकारी दिएका छन् ।

नेपाली स्वाद,नेपाली परिकार साथै शुद्धता, सरसफाई, गुणस्तर, पारिवारिक वातावरण, बैंठक तथा सभा हल, पर्याप्त पार्किङकाे व्यवस्था रहेकाे छ । रेष्टुरेन्टबाट बरदुवईको सुन्दर रमणीय दृश्य समेत अवलोकन गर्न पाइने बताइएकाे छ ।

दुबई विश्वभरबाट आउने पर्यटकको मुख्य गन्तव्य भएका कारण ग्राहकलाई सुविधा हुने रेष्टुरेन्ट व्यवस्थापकको विश्वास छ । रेष्टुरेन्टको क्षमता १०९ जना सम्म रहेको छ भने एकैंपटक १ सय भन्दा धेरैं ग्राहकलाई सेवा दिन सकिने बताइएकाे छ ।

नेपालीहरु विदेशमा काम गर्न मात्रै हैन व्यापार गर्न पनि सक्षम छन भन्ने सन्देश दिन र नेपाली समुदायलाई सुविधाजनक ढंगले गुणस्तरयुक्त सेवा दिनको लागी रेष्टुरेन्ट र क्लब संचालनमा ल्याएको सञ्चालक सरोज बिष्टले बताएका छन । थाेरै खर्चमा स्वस्थ खाना र पुर्ण मनोरञ्जन दिने उदेश्यले रेष्टुरेन्ट र क्लव स्थापना गरिएको पनि सञ्चालक बिष्टकाे भनाइ छ ।

विश्वमा नेपाली स्वाद र नेपाली खानाको परिकार कस्तो हुन्छ भन्ने चिनाउन विश्वभर शाखा बिस्तार गर्ने अभियान अन्तर्गत युएईबाट सुरु गरेकाे र सबै कामदार पनि नेपाली नै रहने विष्टले बताएका छन् । नाै सयजना भन्दा बढी क्षमता भएको क्लव एसके सेभेनमा आधुनिक प्रविधि जडान गरि उत्कृष्ट व्यवस्थापन गरिएको छ ।