Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रिक्त शिक्षक पदमा वैकल्पिक शिक्षक नियुक्ति हुन सक्ने

०५ बिहिबार , पौष २०८०१० महिना अगाडि

रिक्त शिक्षक पदमा वैकल्पिक शिक्षक नियुक्ति हुन सक्ने

एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सकिने शिक्षक सेवा आयोगले  जनाएको छ । 

एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले आयोगसँग मागेको रायमा आयोगले उक्त सुझाव दिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागेको रायमा शिक्षक सेवा आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने जवाफ दिएको छ । 

शिक्षक सेवा नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (१) बमोजिम पद रिक्त भएमा सोहि नियमको उपनियम (३) अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने ब्यहोरा उल्लेख गरिएको छ ।

आयोगले केन्द्रलाई राय दिँदै स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सकिने ब्यहोरा उल्लेख गरेको हो ।