Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भूकम्प पिडितका लागि दक्षिण कोरियाको सहयोग

०५ बिहिबार , पौष २०८०१० महिना अगाडि

भूकम्प पिडितका लागि दक्षिण कोरियाको सहयोग

गत कात्तिक २७ गते जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पका पिडितलाई दक्षिण कोरियाले झण्डै ४ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) मार्फत हस्तान्तरण गरिने भएको हो ।

भूकम्प पीडितहरूलाई दक्षिण कोरियालीले ३ लाख अमेरिकी डलर (झण्डै ४ करोड नेपाली रुपैयाँ) सहयोग गरेको बताइएको छ । उक्त रकमको आवश्यक मानवीय सामग्री हस्तान्तरण गरिने काठमाडौँस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयले जनाएको छ ।

नेपालका लागि दक्षिण कोरियाली राजदूत तेयोङ पार्कले यूएनएफपीएसँगको सहकार्यमा जाजरकोटमा भूकम्पबाट प्रभावित अति जोखिममा परेका समुदायलाई हस्तान्तरण गरिने र निरन्तर सहयोगका लागि दक्षिण कोरियाली सरकार प्रतिबद्ध रहेको बताए ।

गत कात्तिक २७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको थियो । भूकम्पमा परि कर्णाली प्रदेशका तीन लाख जना प्रभावित भएका छन् । यसअघि चीन, भारतलगायत विभिन्न देशबाट भूकम्प पिडितहरुका लागि सहयोग आएको थियो ।