Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

भारतको निर्देश, अमेरिका चिन्तित

०६ मंगलबार , माघ २०७११२ बर्ष अगाडि

भारतका प्रम नरेन्द्र मोदीले पूर्वसहमतिअनुसार संविधान जारी गर्न आग्रह गरेको छ। यो आग्रहपछि माघ ५ गते जुन महाभारत भयो, त्यसमा केही शान्तभाव आएको छ। तथापि प्रतिपक्षी एमाओवादी र मधेसवादीको रुख प्रक्रियामा गए अझ ठूलो दुर्घटना निम्तिने चेतावनीसहित रुखोपन यथावत रहेको छ। यसैवीच प्रम सुशील कोइरालालाई भेटेर माघ ८ गते संविधान जारी हुनसक्छ कि सक्दैन? अमेरिकाले के सहयोग गर्नुपर्‍यो? भनेर महामहिम राजदूत पिटर डब्लु बोडेले मैत्रीपूर्ण हात बढाएका थिए। अनायास माघ ५ गते सहमतिको वातावरण धमिलियो, आधारातमा प्रतिपक्षीले संविधानसभामा तोडफोट गरे। प्रचण्डले अनिष्ट निम्तिन्छ भनेका थिए, बाबुरामले महाभारत हुन्छ भनेका थिए, नभन्दै आधारातमा मारमार महाभारतको ताण्डव नृत्य देखाए प्रतिपक्षीले।
यसपछि महामहिम रादूतले एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर असहज परिस्थिति र संविधान निर्माण प्रक्रिया विथोलिन्छ कि भनेर चासो राखेका छन्। राजनीतिक दलहरुवीच विद्यमान असमझदारी र मुठभेडको परिस्थिति सामान्य होस्, सहमतिको प्रयास र सम्भाबना बन्द नहोस् भन्ने सहृदयता प्रकट गरेका छन् अमेरिकी राजदूतले। महामहिम राजदूतले छिटो संविधान निर्माण हुने र आर्थिक विकासको मार्गमा नेपाल अग्रसर हुने विश्वास पनि प्रकट गरेका छन्।
अमेरिकी राजदूतको शुभकामना अनुसार नै होस्, हाम्रो पनि चाहना छ।
देख्न नपरोस् भन्ने दृश्य देखियो, अव देख्नु नपरोस् भन्ने कामना गरौं।