Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

धनगढीमा फायर बाइक सेवा सुरु

०४ बुधबार , पौष २०८०२ बर्ष अगाडि

धनगढीमा फायर बाइक सेवा सुरु

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा फायर बाइक सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाले आगलागी नियन्त्रण गर्न मोटरसाइकल दमकल (फायर बाइक) को सेवा सुरु गरेको हो ।

उपमहानगरपालिकाले दुई वटा फायर बाइक किनेर मोटरसाइकल दमकल (फायर बाइक) को सेवा  प्रारम्भ गरेको हो । आगलागी भएको बेला साँघुरो सडकमा आगलागी तथा विपद्जन्य जोखिममा मोटरसाइकल दमकल उपयोगी हुने उपमहानगरपालिकाको विश्वास छ ।

आगलागी भएको बेला दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगेर आगो निभाउ फायर बाइकको सेवा प्रारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले बताएका छन् । उनले उपमहानगरपालिकाले दुई वटा फायर बाइक ल्याएको बाताउदै आगलागी भएको खबर पाउनेबित्तिकै बाइक जाने साथै दमकलभन्दा छिटो हुने र मोटरसाइकल दमकल उपयोगी मानिएको बताए ।