Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एकै महिनामा ७० हजार बढी बिदेशीए

०४ बुधबार , पौष २०८०१० महिना अगाडि

एकै महिनामा ७० हजार बढी बिदेशीए

एकै महिनामा ७० हजार भन्दा बढी नेपाली बिदेशिएका छन् । वैदेशिक रोजगारीका लागि मंसिर महिनामा मात्रै ७० हजार भन्दा बढी नेपाली बिदेशिएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मंसिर महिनामा मात्रै नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७१ हजार २ सय ७६ जना रहेको छ । मंसिर महिनामा मात्रै नयाँ र पुनः श्रम स्वीकृति लिएका उनीहरूले १ सय ८ देशमा काम गर्न जान स्वीकृति लिएको पाईएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिएकाहरूसहित ७१ हजार २ सय ७६ जना १ सय ८ देशमा जान लागेका हुन् । एक महिनामा ६४ हजार ३ सय ४२ पुरुष र ६ हजार ९ सय ३४ महिला बिदेशिएका छन् ।

विभागका अनुसार व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९ सय ९७, म्यानपावर र एजेन्सीमार्फत २६ हजार ३ सय ७५ र म्यानपावर कम्पनीमार्फत ७ सय ३५ जना बाहिरिएका छन् । जसमा सरकारले मंसिरमा १ हजार ७ सय ८ जनालाई वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाएको छ ।