Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बागमती प्रदेशको १० अस्पताल स्तरोन्नती हुने

०४ बुधबार , पौष २०८०१० महिना अगाडि

बागमती प्रदेशको १० अस्पताल स्तरोन्नती हुने

बागमती प्रदेश भित्रका बिभिन्न १० अस्पतालको स्तरोन्नति हुने भएको छ । प्रदेश भित्रका बिभिन्न जिल्लामा संचालित १० अस्पतालको स्तरोन्नति हुने भएको हो ।

बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिएका छन् । स्तरोन्नति हुने अस्पतालहरुमा हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल रहेका छन् । उक्त अस्पतालहरूलाई ३०० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

त्यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई १०० बेडमा स्तरोन्नती गरिने छ । बाँकी सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०/५० बेडमा स्तरोन्नती हुने भएका छन् ।

बागमती प्रदेशले स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६ सय ६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत पनि गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६ सय ६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री जमकट्टेलले जानकारी दिएका छन्  ।

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ३ गतेकै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको छ ।