Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सृष्टिको मुहान नेपाल– एउटा बहस

०४ बुधबार , पौष २०८०१० महिना अगाडि

सृष्टिको मुहान नेपाल– एउटा बहस

जल प्रलयमा मनुको डुँगा अडिएको नौबन्ध÷गौरीशंकर । यसलाई राम्ररी पढ्नुस् र पढेर द्रविड देशका राजा सत्यब्रतलाई नै मनु भनिएको भ्रममा नपरेर के बुझ्ने प्रयास गर्नुस् कि वैवस्वत मनुबाट सातौ मन्वन्तरको शुरूमा भएको जलप्रलयपछि वर्तमान संसारको सृष्टि पृथ्वीमा सर्वत्र फैलिएको हो । उनको बेलामा भएको जल प्रलयको उल्लेख बाइबल र कुरानमा पनि हजरत नूह र नोआ भनेर भएको छ । यिनी आदि कालमा जलप्रलय हुँदा नाउ वा नौका (डुङ्गा)मा गौरी शंकर पर्वतको चुचुरामा अडिएर जल सतह पुरै नघट्दासम्म रहेका थिए । गौरीशंकर पर्वतको टाकुरा वा चुचुरो जहाँ मनु वा नूह वा नोआको नौका बाँधिएर रहेको थियो, त्यसलाई नौबन्ध (नौकाबन्धन) पनि भनिन्छ । कसै कसैले नौबन्ध वा नौकाबन्धन टाकुरा वा चुचुरालाई माउण्ट एभरेष्ट (सगरमाथा) हो भनेका छन् । जेभए पनि गौरी शंकर, नौबन्ध र माउण्ट एभरेष्ट (सगरमाथा) सबै नेपालकै हिमपर्वत हुन् ।
यसबाट वर्तमान विश्वको सृष्टि र सभ्यताको मुहान हिमाल पारीको तिब्बत र हिमाल वारीको नेपाल नै हो भन्ने प्रष्ट हुन्छ । बाइबलमा उल्लेख टर्कीको सुदूर पूर्वाेत्तरमा आर्मेनियाको सीमामा अवस्थित अरारत पर्वत एवम् कुरानमा उल्लेख जुडी शिखरहरू जुन कि नेपालको सगरमाथा र गौरीशंकर पर्वतहरूभन्दा धेरै होचा पर्वतहरू हुन् । –धनप्रसाद श्रेष्ठको सहयोगमा ।