Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महिलालाई परराष्ट्रको भार

०४ बुधबार , पौष २०८०१० महिना अगाडि

महिलालाई परराष्ट्रको भार

काठमाडौं । सेवा लम्साल परराष्ट्र सचिव बन्नुभएपछि अनेक चर्चा छन् । सभामुख, राष्ट्रपति चलाइसके महिलाले । अब परराष्ट्र नीतिको साँचो महिलाको हातमा आएको छ । सेवा लम्साललाई इतिहास रच्ने अवसर प्राप्त भएको छ ।
विन्दा शाह पहिलो महिला थिइन्, जसले ६२ वर्ष अघि सन १९६१ मा परराष्ट्र सेवामा पहिलो नियुक्ती पाइन् र विदेशस्थिति कूटनीतिक मिसनको जिम्मेवारी सम्हाल्ने अवसर पाइन् । अब परराष्ट्रनीतिको जिम्मेवारी स्थायी सरकार अर्थात निजामती सेवाबाट सचिवका रूपमा सेवा लम्सालले प्राप्त गर्नुभएको छ ।
सेवाको सेवाभाव, भद्रता देख्ने जान्नेहरू उहाँलाई बधाई दिइरहेका छन् । बधाई र सफलताका कामना गर्नु एउटा कुरा हो । अन्तर्राष्ट्रिय सम्बन्धहरू गतिशील छन्, जटिल छन्, अस्थिर र स्वार्थमा चुर्लुम्मै डुबेको राजनीतिक क्षेत्रका कारण जोखिममा पनि छन्, यसकारण परराष्ट्रमा चुनौतीहरू दिनदिनै बढ्दा छन् । दुई ठूला छिमेकको वस्तुस्थिति सनसनीपूर्ण छ भने पश्चिमाको भूराजनीतिमा खेल्ने चासो थप खतरायुक्त हुँदै गएका छन् । पहिलो महिला परराष्ट्र सचिवका रूपमा नेतृत्व गर्ने सेवा लम्सालका लागि जोखी जोखी निर्णय गर्नुपर्ने अवस्था रहेको छ ।
सेवा लम्सालमा थप कुशलता, सीप र साधनाको आवश्यकता छ ।