Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सत्ताको झिलिमिलीमा बिहे

०४ बुधबार , पौष २०८०३ बर्ष अगाडि

सत्ताको झिलिमिलीमा बिहे

प्रचण्ड र देउवा दुबै सत्ताका सञ्चालक हुन् । प्रचण्डकी नातिनीको बिहे, चेलीलाई शुभकामना । जीवन सुखमय होस् ।
प्रश्न नैतिकताको हो, सिद्धान्त र निष्ठाको हो, जवाफदेहीताको हो ।
युक्रेनले नेपाली युवालाई सेनामा भर्ती हुन रोक भनेको छ । रूसले धमाधम नेपाली युवालाई युक्रेनसँग लड्न पठाइरहेको छ । हमासले दर्जनौं नेपाली युवा जो लर्न एण्ड अर्न गर्न इजरायल गएका थिए, कति मारिए, बन्धकलाई छाडेको छैन । नेपाल कतारतिर अनुरोध गरिरहेको छ । प्रभावकारी काम गर्न सकेको छैन । कूटनीतिक सीप समाप्त भएको सन्देश दिएको छ सरकारले ।
भूकम्पले थिलथिलो भएको सुदूरपश्चिममा पालमुनी छन् जनता । बालक, बुढा, सुत्केरी चिसोले ३ दर्जन मरिसके, औषधिमूलो छैन, खाना, नाना छैन, पार्टीका कार्यकर्ता परिचालन अधुरो छ, सुरक्षाकर्मी परिचालन बजेटले रोकिएको खबर छ । सेवाग्राहीले कहीँ पनि सुलभ सेवा पाइरहेका छैनन् । न्यायव्यवस्था खलबलिएको छ । जता पनि पार्टीकरणले राज्य भत्किएको छ ।
एक त नागरिकता विधेयकलाई प्रमाणिकरण, दोस्रो ज्यानमारा रिगलदेखि रेशम चौधरीसम्मको रिहाईको मामिला, तेश्रो नागरिकलाई शरणार्थी बनाएकोमा सत्ताधारीलाई उन्मुक्ति, प्रतिपक्षलाई दण्ड, चौथो एनसेल भ्रष्टाचारमा ठूला ठूला रहस्यहरूको पर्दाफास हुँदा छानबिनको टालटुल,  ललिता निवासदेखि वाइडबडी, सुनकाण्डलगायतका दर्जनौं भ्रष्टाचार  काण्डलाई लिपापोती गर्नुले सरकार आलोचित भइरहेकै थियो । गठबन्धनभित्रै झमेला बडैकै छन् ।
यस्तो संकट र सकस, पीडा र छटपटीमा राष्ट्र परेको बेलामा सर्वहारावादीकी नातिनीको विवाहमा पुँजीवादी देउवाको साथ र सहयोग ।
यही मेसोमा नेकपा स का कमरेड बिरोध खतिवडाकी छोरीको बिहे । यी दुबै विवाह सामन्ती झैं भव्यताका साथ सम्पन्न भएका छन् । तर कानुनव्यवस्थाको धज्जी उड्नपुग्यो ।
सानालाई ऐन, ठूलालाई चैन अर्थात सामाजिक व्यवहार सुधार ऐन अब खारेज गरिदिए पनि हुनेभयो । ऐन उल्लंघन गर्नेमाथि कारवाही हुनुपर्ने हो, पाखण्ड सिद्धान्तहीन सत्ताधारीलाई नियम कानुनले कहाँ छुन्छ र ? प्रतिक्रिया यस्तो छ ।

राजनीतिक कूटनीतिक र सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ यो विवाहमा । हिमाल शर्माले प्रतिरक्षामा बोल्दै भनेका छन्– विवाह सामान्य रुपमा भएको हो । निम्ता नपाएकाको छटपटी हो बिरोध ।