Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

०३ मंगलबार , पौष २०८०२ बर्ष अगाडि

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

यौन दुर्व्यवहारको आरोपमा लिखुतामाकोशी गाउँपालिका-७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की पक्राउ परेका छन् । पीडित छात्राले  आफूमाथि यौन दुर्व्यवहार गरेकाले शिक्षक सार्कीलाई कारवाहीका लागि निवेदन दिएपछि उनि पक्राउ परेका हुन् ।  

कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताएका छन् । पिडित छात्राको निवेदन पछी अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका शिक्षक सार्कीले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र दिने बहानामा निजमाथि  यौन दुर्व्यवहार गरेका थिए ।