Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनमा शक्तिशाली भूकम्प, सयौको मृत्यु

०३ मंगलबार , पौष २०८०१० महिना अगाडि

चीनमा शक्तिशाली भूकम्प, सयौको मृत्यु

चीनमा गएको शक्तिशाली भूकम्पका कारण सयौको मृत्यु भएको छ । नेपाली समयअनुसार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जादा सयौको मृत्यु भएको हो ।

भूकम्पका कारण कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको बताईएको छ । भूकम्पमा परि १ सयभन्दा बढीको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएको जनाईएको छ । कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् भने छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जानकारी दिएको छ ।

भूकम्पका कारण यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको तथा कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको बताईएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले पिडितहरु समस्यामा परेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा बिहानैदेखि खोज तथा उद्धारका कामहरु भईरहेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको बताएका छन् ।

चीनमा यसअघि गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने उक्त भूकम्पमा परि ६० जनाले ज्यान गुमाएका थिए  ।