Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाण्डाै जिल्ला अदालतमा टोकन प्रणाली शुरु

०२ सोमबार , पौष २०८०१० महिना अगाडि

काठमाण्डाै जिल्ला अदालतमा टोकन प्रणाली शुरु

सेवाग्राहीकाे भीड व्यवस्थापन गर्नका लागि काठमाण्डाै जिल्ला अदालतले टोकन प्रणाली शुरु गरेको छ । सोमवारदेखि लागुहुने गरि सेवालाई सरल र सहज हुनेगरी जिल्ला अदालतले टोकन प्रणाली शुरु गरेकोहो ।

अदालतले सेवाग्राहीकाे भीड व्यवस्थापन गरि व्यवस्थित र सहज रुपमा सेवा दिने उद्देश्यले टोकन प्रणालीको शुरु गरेको बताएको छ । अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भिड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको काठमाण्डाै जिल्ला अदालत बार एसाेसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले बताए ।

काठमाण्डाै जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने योजनाअनुसार आफूहरु अघि बढेको पनि अधिवक्ता पौडेलको भनाई छ । सेवा लिने दिने क्रममा भिड नहोस् भन्ने उद्देश्यले टोकन प्रणाली शुरु गरिएकाे बताउदै अबदेखि उभिएर सेवा लिनुपर्ने अवस्था नआउने पनि उनको दाबि छ ।  

प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय पाउन नसक्ने भन्दै अधिवक्ता पौडेलले जिल्ला अदालतले टोकन प्रणाली शुरु गरेर सेवाग्राहीलाई सरल र सहज बनाएको बताए ।