Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एनओसी नपाएको भन्दै विद्यार्थीले गरे नाराबाजी

०२ सोमबार , पौष २०८०१० महिना अगाडि

एनओसी नपाएको भन्दै विद्यार्थीले गरे नाराबाजी

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन् । उनीहरुले चार दिनदेखि धाउदा पनि एनओसी (नो अब्जेक्सन लेटर)  नपाएपछी नाराबाजी सहित धर्ना दिएका हुन् ।

वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीको एनओसी शाखामा गत बिहीबारदेखि ‘सर्भर डाउन’ भएकाले सेवा अवरुद्ध भएपछी विद्यार्थीले चार दिनदेखि धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित भएर नाराबाजी गर्दै धर्ना दिएका थिए ।  

वैदेशिक अध्ययन अनुमति शाखामा आइतबार दिनभर नाराबाजी गरेका हुन् । शाखाले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएर सेवा अवरुद्ध भएको र सर्भर बन्नासाथ सेवा शुरु हुने भन्दै सूचना टाँस गरेदेखि हालसम्म सेवा शुरु नभएको विद्यार्थीको भनाई छ ।

एनओसीको समस्या भएपछी भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी मारमा परेको बताउदै उनीहरूले चार दिनसम्म पनि सर्भर बनाउन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप लगाएका थिए ।

यता कार्यालयका प्रमुख शान्तिराम पौडेलले डाटा भरिएर सर्भर डाउन भएको र कम्प्युटरको हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराएकाले ती सबै ‘डाटा रिकभर’ गर्न समय लागेको बताएका छन् ।