Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दशरथ रङ्गशालामा त्रिविको ४९औँ दीक्षान्त समारोह आयोजना हुँदै

०२ सोमबार , पौष २०८०१० महिना अगाडि

दशरथ रङ्गशालामा त्रिविको ४९औँ दीक्षान्त समारोह आयोजना हुँदै

दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ११ :३० बजेदेखि विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको हो ।

विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा यसवर्ष १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै रंगशालामा प्रवेश खुला गरिने बताईएको छ । 

२०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये आज १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुने त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिएका छन् ।

४९औँ दीक्षान्त समारोहमा एमफील, स्नातकोत्तर तह र स्नातक तहका २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गर्ने र उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्यसैगरी एमफील र पीएचडी तर्फ १ सय १३ जना विद्यार्थीलाई पनि राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने तयारी रहेको बताईएको छ । समारोहमा ५६ वटा स्टलहरू राखिएको र त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिने विश्वविद्यालयले जनाएको छ ।