Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मलेसियामा हत्या गरेर नेपाल आएका अनिल काठमाडौँमा पक्राउ

०२ सोमबार , पौष २०८०२ बर्ष अगाडि

मलेसियामा हत्या गरेर नेपाल आएका अनिल काठमाडौँमा पक्राउ

मलेसियामा आफ्नै साथीको हत्या गरेर नेपाल आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । हत्याको आरोपमा प्रहरीले अनिलकुमार साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

एक वर्षदेखि एउटै कम्पनीमा कामगर्दै आएका झापा शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेका आरोपमा साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको बताईएको छ ।

मलेसियामा साथीको हत्या गरेर काठमाडौँ आएका आरोपी युवक साहलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँले अनुसन्धानका लागि आइतबार पक्राउ गरेको थियो । साहामाथि मंसिर २५ मा मलेसियामा झापा शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेका आरोप छ ।

मुलुकी अपराध संहितामा नेपालीले नेपालीमाथि जुन देशमा अपराध गरे पनि स्वदेशमा अनुसन्धान हुनसक्ने प्रावधान राखेको र सोही प्रावधान अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले बहुक्षेत्रीय अधिकारको आधारमा इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरेर नेपालमा हत्यामा उनको संलग्नताबारे अनुसन्धान गर्ने जानकारी दिएको छ ।