Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पोखरा र भैरहवामा अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग

०१ आइतबार , पौष २०८०३ बर्ष अगाडि

पोखरा र भैरहवामा अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग

सरकार सँग पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग गरेका छन् । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्न माग गरेका हुन् ।  

होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गतको भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताउदै तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग गरेका थिए ।

ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेकोमा होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुुपर्ने बताएका थिए  । त्यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले उडानका लागि सरकारलाई दबाब दिइएको र आफूहरूको मागको सुनुवाइ नभए आन्दोलन गर्न बाध्य हुने भन्दै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि परिषद्को ऐक्यबद्धता रहेको बताए ।

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, नाट्टा गण्डकीका अध्यक्ष रचना पन्त, पत्रकारद्वय माधव ढुङ्गाना र नरेश केसी, पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीलगायतले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न खवरदारी गरेका थिए ।

कार्यक्रममा होटल सङ्घ पोखराले गण्डकी प्रदेश घुमघामका पर्यटकीय ‘प्याकेज’ सार्वजनिक गरिएको थियो । प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज २ रातदेखि ४ रातसम्मका र रु ३ हजारदेखि २६ हजार मूल्यसम्मका रहेका छन् ।

अभियानको उद्देश्य पश्चिम र पोखरालाई पर्यटकले जोड्ने र कोभिड–१९ बाट थला परेको पर्यटन क्षेत्रलाई लयमा फर्काउने रहेको बताउदै पोखरामा संचालित १ हजार २ सय होटलमा १५ हजारले रोजगारी पाएको समेत बताईएको छ ।