Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

०१ आइतबार , पौष २०८०१० महिना अगाडि

पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछी दैनिक ४ घण्टा सवारी बन्द हुने भएको छ । यही पुस ७ देखि उक्त सडक खण्डमा दैनिक ४ घण्टा सवारी बन्द हुने भएको हो ।  

नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको बताईएको छ । जसानुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने बताईएको छ ।

यसअघि उक्त ठाउँमा पुल निर्माणका लागि भित्तो काट्दा कडा चट्टान भेटीएपछि विस्फोटका लागि काम रोकिएको र विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काम गर्न कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले उक्त निर्णय गरेको हो ।

६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ। बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । हाल टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिने र त्यसबाट पनि फोर्न नसके विस्फोट गराइने तयारी रहेको छ ।

उक्त सडक खण्डमा  १९ वटा पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिसकिएको छ । बाँकी १५ पुलमा कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । तर,  तुइनखोलामा भित्तो भत्काउन नसक्दा काम थाल्न नसकिएको हो ।

सडक खण्डको काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको थियो । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहने छ । ६ महिनाभित्रमा खहरेको पुल संचालनमा आएपछि एउटा पुलमात्रै बाँकी रहने छ ।

तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । अनक कन्सट्रक्सनले ठेक्का पाएको पुलको लागत रु १ अर्ब २८ करोड रहेको छ ।