Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनकपुरमा विवाहपञ्चमी महोत्सव, मधेश प्रदेशमा सार्वजनिक बिदा

०१ आइतबार , पौष २०८०१० महिना अगाडि

जनकपुरमा विवाहपञ्चमी महोत्सव, मधेश प्रदेशमा सार्वजनिक बिदा

मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमीको मुख्य दिन आज राम र सीताबीच विवाह भएको स्मरण गर्दै मनाइँदै छ । त्रेता युगमा मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन भगवान राम र सीताबीच विवाह भएको स्मरणमा हरेक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं दिन मुख्य दिनको रुपमा भव्यरुपमा मनाईदै छ । मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास समेत गरिने भएकाले जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाईदै आएको हो ।

अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ । आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।

स्वयम्बर सकेपछी दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ । मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुनेछ । त्यस्तै आज दिउँसो १ बजे हेलिकोप्टरबाट जनकपुरको जानकी मन्दिर क्षेत्रमा पुष्पवृष्टि गरिने बताईएको छ ।  

आज छैटौं दिन रामाजानकीको विवाह पश्चात भोलि सोमबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ । मधेश प्रदेशमा विवाहपञ्चमीको अवसरमा राजपत्रमा प्रकाशित गरि २०८० को क्यालेन्डरमा सार्वजनिक बिदा समेत छुट्याएको छ ।