Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिचानवादीको हडताल जारी, धरानमा यातायात अवरुद्ध

०१ आइतबार , पौष २०८०१० महिना अगाडि

पहिचानवादीको हडताल जारी, धरानमा यातायात अवरुद्ध

पक्राउ परेका नेता तथा कार्यकर्तालाई निःशर्त रिहा गर्न माग राख्दै हडतालमा उत्रिएका पहिचानवादीले आज पनि हडताल जारी राखेका छन् । उनीहरुले आफ्ना  नेता तथा कार्यकर्तालाई निःशर्त रिहा गर्न माग गर्दै यातायात अवरुद्धसहित हडताल जारी राखेका हुन् ।

एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्ग यात्रामा पहिचानवादीले अवरोध पुर्‍याउने प्रयास गरेको आरोपमा पहिचानवादीका गोपाल किराँतीसहित दुई दर्जनभन्दा बढी पहिचानवादी नेता/कार्यकर्ता पक्राउ गरेको थियो ।

सोहि पक्राउकाबिरुद्ध पहिचानकर्मीले हडताल सुरु गरेका हुन् । आजको हडतालका कारण धरानको भानुचोकबाट लामो दुरीका सार्वजनिक सवारीसाधन ठप्प छन् भने भानुचोक क्षेत्रमा आवागमन अवरुद्ध गरिएको छ ।

हिजो शनिबार धरानमा यातायात अवरुद्ध गरेको आरोपमा पाँच जना पक्राउ परेकोमा प्रहरीले उनीहरूलाई साँझ रिहा गरेको बताईएको छ । सार्वजनिक यातायात ठप्प छन् भने बजार तथा शैक्षिक संस्था सामान्य रुपमा खुलेका छन् ।