Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

महानगरद्धारा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान

२९ शुक्रबार , मंसिर २०८०३ बर्ष अगाडि

महानगरद्धारा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान

काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ । महानगरले २९औं वार्षिकोत्सवको अवसरमा डा. सन्दुक रुइतलगायतका व्यक्तिलाई सम्मान गरेको हो ।

महानगरपालिकाले २९औं वार्षिकोत्सवको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइत, अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलगायतका व्यक्तिलाई सम्मान गरेको हो ।

त्यसैगरी महानगरले एआईजी मीरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाइ पनि सम्मान गरेको थियो ।

सम्मानित व्यक्तिहरुलाई महानगरले जनही १ लाख ५० हजार नगदसहित सम्मान गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र हस्तान्तरण गरेका थिए । सम्मानित व्यक्तिहरुलाई उक्त सम्मानमा महानगरका मेयर बालेन्द्र शाहले दोसल्ला तथा उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेकी थिइन् ।